• बिहीबार ३-२५-२०७७/Thursday 07-09-2020/ 06:54 am

ससुरा, सासू र दुई नन्द मिलेर बुहारीको हत्यामा 

हेटौंडा । गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई सोमबार सार्वजनिक गरेको छ । 

सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

छ महिना अघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट  तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने ३८ लाख २८ हजार रुपैयाँमा तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको पाँचलाख रुपैयाँको विवाद, ससुराले गरेको बलात्कार प्रयासको घटना बाहिरिने डर लगायतले उनको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए । 

सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले हानेर हत्या गरेको प्रहरीले दावी गरेको छ । पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि हत्यामा संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कुलमान घिसिङलाई पितृशोक

  • २२ असार, २०७७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।  घिसिङका पिता रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित

आफैँले बोकेको पेस्तोलले गोली हानी प्रहरी हवल्दार गरे आत्महत्या

  • १६ असार, २०७७

इनरुवा ।  सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन् । जिल्ला अदालत सुनसरीमा

धान दिवस : हेर्नुस् नेपालमा मन्त्रीदेखि कलाकारसम्मले गरेका ‘उट्पट्याङ’

  • १५ असार, २०७७

काठमाडौं । असार १५ लाई नेपालीहरुले ‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा लिन्छन् । ०६२ असार १५ देखि नेपालमा मनाउँदै आइएको ‘धान दिवस’ कृषकले