• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

भारतको आसाममा कोरोनासँगै बाढीको कहर, २० को मृत्यु, झण्डै १० लाख प्रभावित 

एजेन्सी । भारतको आसाम राज्यमा कारोना महामारीसँगै बाढीको कहरले झण्डै १० लाख मानिस प्रभावित बनेका छन् । त्यस्तै, वर्षापछि आएको बाढीका कारण २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

गुवाहटीमा रहेको ब्रम्हापुत्र नदीमा बहाब बढेको छ भने अझै केही दिन वर्षा जारी रहने त्यहाँको मौसम पूर्वानुमान कार्यालयले जनाएको बतायएको छ । ‘ब्रम्हापुत्र नदीको बहाब खतराभन्दा २० सेन्टिमिटर माथि पुगेको छ र प्रत्येक घण्टा एकदेखि दुई सेन्टिमिटरको दरले बढिरहेको छ,’ केन्द्रिय पानी विभागका सादिकुल हकले समाचार एजेन्सी एएनआईसँग भने । 

बाढीबाट राज्यका २३ वटा जिल्ला प्रभावित भएको, जसमा सबैभन्दा प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, उदलगिरी, दराङ, नलबारी, बार्पेटा, बोङ्गाइगोन, कोक्राझार, दुब्री गोल्पारा र कामपुर रहेको आसामको आपत व्यवस्थापन प्राधिकरणले बताएको छ । 

बाढीबाट यस जिल्लाका १० लाख बढी वासिन्दा प्रभावित बनेको बताइएको छ । राज्य सरकारले १४४ वटा राहत क्याम्प बनाएको र जसमा २९ हजार मानिसलाई सारिएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर