• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बङ्गलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप स्थगित

सेप्टेम्बर ७ देखी हुने भनिएको साफ च्याम्पियनसिप यो बर्ष नहुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा ढाकाको बङ्गबन्धु रंगशालाका लागि तय गरिएको १३ औं साफ च्याम्पियनसिप कोरोना भाईरस र अक्टोबरमा एएफसीले विश्वकप तथा एसियन कप छनोटका लागि ल्याएको प्रस्तावित मितीका कारण २०२१ मा सारिएको छ ।

यसका साथै यू १५ साफ, यू १५ महिला साफ र यू १८ महिला साफ च्याम्पियनसिप पनि तत्कालका लागि सरेको छ ।  प्रतियोगिताको मितिका बारेमा आगामी सेप्टेम्बरमा बैठक बसेर निर्णय गरिने भएको छ ।

नेपाल सहित अन्य ६ सार्क राष्ट्रबीच हुने प्रतियोगिता २०१८ पछि फेरी पनि बङ्गलादेशमै हुन लागेको थियो । यसअघि ११ अप्रिल २०१८ मा यो प्रतियोगिता पाकिस्तानलाई आयोजना गर्न दिने निर्णय गरिए पनि २०१९ सेप्टेम्बरमा बङ्गलादेशमै गर्ने निर्णय भएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर