• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेकपा स्थायी कमिटी बैठक बस्दै,ओलीको राजीनामा माग्ने सम्मको तयारी

फाइल तस्विर

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपां)को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बोलाइएको छ ।  नेकपाको बैठकमा सरकारको काम, पार्टी एकताको काम, एमसिसी लगायतका विषय एजेन्डामा छलफल भइरहेको छ । 

शुक्रबार र शनिबारको बैठकमा सीमा समस्या र समाधानका विषयमा छलफल भएका छन्।  आइतबार ओलीले भारत र नेपालका शक्तिलाई आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि  आजको बैठकमा त्यसबारे थप छलफल हुने नेताहरुले जनाएका छन् ।  उक्त अभिव्यक्तिले नेकपाभित्र भारतको प्रभाव रहेको सन्देश गएको र त्यस्तो हो भने को को नेता लागे प्रष्ट पार्नुपर्ने भन्दै ओलीइतरका स्थायी कमिटि सदस्यहरुले प्रश्न गर्ने तयारी गरेका छन् । 

पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अपेक्षाकृत काम नगरेको र विवादित काम गरेको भन्दै गत वैशाखदेखि पार्टीभित्रैबाट उनको राजीनामाको माग उठेको छ। मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा सम्म माग्ने तयारी उनका विरोधी समुहले गरेका छन् । 

नेकपाभित्र ओलीइतरको समुहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायत छन् । यो समुह निकै बलियो अवस्थामा रहेकाले एकजुट भएर ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारीमा छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर