• बिहीबार ३-२५-२०७७/Thursday 07-09-2020/ 06:49 am

औद्योगिक क्षेत्रमा पानी पस्यो, २०० बिघा धान खेत डुबानमा

राजविराज ।  चाररपाँच दिनदेखि परेको अविरल  वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पसेको  छ । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा पानी पस्दा लाखौँको क्षति भएकोे  औद्योगिक क्षेत्रले जनाएको  छ  ।

सरकारी उपेक्षाको मार खेप्दै आएको औद्योगिक क्षेत्रका केही उद्योगमा पानीसमेत पसेको जनाइएको छ । औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगलगायत सञ्चालमा छन् । औद्योगिक क्षेत्रको पूर्व र दक्षिण छेउमा पानीको बहाव थुनिएर पानी निकास नभएका कारण औद्योगिक क्षेत्र जलमग्न भएको स्थानीयवासीको भनाइ छ  । 

अविरल वर्षाले सप्तरीको दक्षिणी भेगकाको २०० बिघामा लगाइएको धान खेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करिब २०० बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको बताए । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । सोमध्ये ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ललितपुरको महालक्ष्मी नगरपालिकामा बिहीबारदेखि लकडाउनमा कडाइ, पसल समेत खोल्न नपाइने

  • २४ असार, २०७७

ललितपुर । कोरोना संक्रमितको संख्या बढेपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले लकडाउनलाई कडाइ पार्ने भएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै

सरिता गिरीलाई सांसद पदबाट हटाउने समाजवादी पार्टीको पत्र संसद सचिवालयमा दर्ता

  • २४ असार, २०७७

काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई सांसद पदबाट हटाइएकोबारे संसद सचिवालयलाई जानकारी गराएको छ। मंगलबार समाजवादीको पदाधिकारी बैठकले गरेको

सेवानिबृत्त भएका प्रहरी महानिरीक्षक ज्ञवालीको बिदाइ

  • २४ असार, २०७७

काठमाडौं । तीस वर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त भएका प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई विदाई गरिएको छ । ज्ञवालीका साथै प्रहरी अतिरिक्त