शुसान्तको सम्झनामा पून प्रशारण हुँदै चर्चित शो ‘पवित्रा रिश्ता’

एजेन्सी । शुसान्त सिंह राजपुतको निधनपछि अनमोल च्यानलले उनको चर्चित शो ‘पवित्रा रिश्ता’ पून प्रशारण गर्ने भएका छन् । च्यानलले शुसान्तलाई श्रद्धाञ्जली दिदै उक्त शो पून प्रशारण गर्न लागेका हुन् । शुसान्तको पहिचान बनेको यो पहिलो शो हो । जसमा दर्शकले उनकालाई निकै रुचाएका थिए । 

शुसान्तले यस शो मा मानव देशमुखको भूमिका निभाएका थिए । जसको भूमिका यस सिरियलमा विशेष थियो । शुसान्तको निधनपछि दर्शकले उनको फिल्म र शोहरुलाई धेरै सम्झेका छन् । यही कारण च्याननले पून प्रशारण गर्ने निर्णय लिएको हो । 

परिपारिक प्रेममा आधारित यस शो मा शुसान्त सिंह राजपुत (मानव देशमुख) र अंकिता लोखण्डे (अर्चना) बीचको प्रेमको चर्चा गरिएको छ । यही शोबाट सुशान्त र अंकिता वास्तविक जीवनमा प्रेममा परेका थिए । उनीहरुको सम्बन्ध करिब ८ वर्षपछि छुटेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर