कोरोना पोजेटिभ देखिएपछि रोएकी अभिनेत्री नव्या स्वामी

एजेन्सी । तेगुल भाषाकी टिभी अभिनेत्री नव्या स्वामीलाई कोरोना पोजेटिभ देखिएको छ । उनले आफूलाई कोरोना पोजेटिभ देखिएको कुरा सामाजिक सञ्जाल मार्फत सबैलाई जानकारी गराएकी छन् । 

उनी केही दिनदेखि क्वारेन्टाइनमा छिन् । यस क्रममा उनले सामाजिक सञ्जाल मार्फत कोरोनाको लक्षण, मानिसहरुले कोरोना पोजेटिभ आएपछि गर्ने व्यवहार लगायतका विषयमा आफ्नो अनुभव सेयर गरिरहेकी छन् ।

उनले ‘टाइम्स अफ इन्डिया’सँग कुरा गर्ने क्रममा भनिन्– म कोरोना पोजेटिभ देखिएपछि धेरै रोएँ । म रातीदेखि बिहानसम्म रोएको थिएँ । मलाई धेरैले म्यासेज गरिरहेका थिए । मलाई प्रश्चताप लागिरहेको थियो मैले मेरो कर्मचारीको जीवन पनि जोखिममा पारेको थिएँ ।’ 

नव्याले बताए अनुसार उनलाई सामान्य टाउको दुखेको थियो । नव्याले इन्स्ट्राग्राम अकाउन्टमा भिडियो सेयर गर्दै भनिन्–‘म कोभिड –१९ पोजेटिभ हुँ । मलाई जसरी थाहा भयो म तुरुन्तै आफ्नो डाक्टरको सल्लाहमा आइसुसेशनमा बसेको थिएँ । अहिले मेरो अवस्था सामान्य छ । आशा छ मछिट्टै निको हुनेछु ।’ 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर