• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

बलात्कारको अभियोगमा बम्जन विरुद्ध १४ वर्षको कैद माग गर्दै मुद्दा दर्ता

काठमाडौँ । तपस्वीका नाममा युवतीहरुलाइ यौन शोषण गरेको उजुरी परेका रामबहादुर बम्जन विरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै सर्लाही सरकारी वकील कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ ।  

बम्जनले आफ्नो आश्रमभित्र युवातिहरुलाइ धम्काउँदै र प्रलोभनमा पारेर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरी फाइल सरकारी वकील कार्यालयमा बुझाएको थियो । एक युवतीको उजुरीको आधारमा प्रहरीले सिन्धुलीमा आश्रम बनाएर बसिरहेका बम्जनलाई प्रहरीले दुईपटक पक्राउ गर्ने प्रयास गरेपनि सफल नभएको जनाएको छ।

सर्लाही प्रहरीले हद म्यादका कारण आरोप बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। बम्जनविरुद्ध  एक १५ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्।

तपस्वीको भेषमा अपराध

तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनको आश्रमबाट आफ्ना परिवारका सदस्य बेपत्ता भएको भन्दै विभिन्न जिल्लामा ४ वटा जाहेरी परेका छन्।  नुवाकोट, मकवानपुर र बारा जिल्ला प्रहरी कार्यालयमा छुट्टाछुट्टै चार जाहेरी परेका हुन्। उजुरी परे लगतै फरार भएका बमजनलाइ अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

बमजनको आश्रम गएका आफ्ना बुबा खोजिदिन भन्दै मकवानपुरका महेन्द्र वाइवा, छोरा खोजिदिन भन्दै बाराका हस्तबहादुर आलेमगर, दिदी खोजिदिन भन्दै मकवानपुरका विजय रूम्बा र बहिनी खोजिदिन भन्दै नुवाकोटकी गंगामाया तामाङले आ-आफ्ना जिल्लाका प्रहरी कार्यालयमा निवेदन दिएका छन्। तर प्रहरी पटक पटक आश्रम खोजतलास गर्दा पनि भेट्न सकेको छैन ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ स्थित वनस्पति चोक बस्ने महेन्द्रले आफ्ना बुबा सञ्चलाल वाइवा बमजनको आश्रमबाट ४ वर्षदेखि बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका हुन्। २०७१, चैत १४ गते सिन्धुपाल्चोकको बडेगाउँस्थित बमजनको आश्रमबाट फोन गरेर १७ गते घर आउने बताएका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर