• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सडक विभागको इन्जिनियर विरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लख ६२ हजार सय बराबारको भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आचार्यले सरकारी पद दुरुपयोग गरी २०७६ जेठ मसान्तसम्मको जाँच अवधिमा सार्वजनिक सेवामा रही गैरकानुनी सम्पत्ति आर्जन गरेका अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

आरोपपत्रमा आचार्यको कुल ५ करोड २९ लाख ४२ हजार ४ सय ६६ आम्दानी देखिएकोमध्ये २ करोड ७ लाख ७९ हजार ९ सयमात्र वैध आर्जन गरेको पुष्टि भएको दावी गरेको छ। बाँकी ३ करोड बराबरको सम्पत्ति आचार्यले अवैध रुपमा आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख  छ।

आचार्यले सडक विभागअन्तर्गत बसी गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवन यापन गरिरहेको अभियोगपत्रमा उल्लेख छ। नेपाल सरकारको सरकारी सेवाअन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव–ओभरसियर पदमा २०४१ सालमा सेवा प्रवेश गरेका थिए। २०६४ मा उनी इन्जियिरको पदमा बढुवा हुँदै डिभिजन सडक कार्यालय चरिकोट, दोलखा हुँदै हाल सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत रहेको थिए।

सार्वजनिक सेवामा प्रवेश पश्चात निज भरतराज आचार्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारी साधन खरिदलगायतमा खर्च लगानीका साथै स्रोत नखुलेका रकमहरु समेत अस्वभाविक मात्रामा बैकिङ कारोबार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरी सेयर लगानीलगायतका आफू अनुकूल लगानी खर्च गर्ने गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ। अख्तियारले आचार्यकी श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा सम्पत्ति राखेको भन्दै उनलाई जफतका लागि प्रतिवादी बनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर