• शनिबार ७-१५-२०७७/Saturday 10-31-2020/ 09:27 pm

६० रुपैयाँको औषधि २४ सयमा बिक्रि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै बढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनका क्रममा वास्तविक मूल्यभन्दा बढी मूल्य लिएको भेटिएको नगर प्रमुख निमफुञ्जो शेर्पाले बताए। उनका अनुसार सेतीदेवी मेडिकल राम्चेले बढी मूल्यमा औषधि विक्री गरेको पाइएको हो।

‘मेडिकलले अनियमितता गरिरहेको छ भन्ने सूचनाका आधारमा हामीले नै औषधि किन्न पठाउँदा त्यस्तो प्रमाण पायौँ’, उनले भने। उनका अनुसार सरकारले निःशुल्क एबोसनको औषधि वितरण गरे पनि बढीमा ६० रुपैयाँ पर्ने औषधिलाई सो मेडिकलले २४ सय रुपैयाँ लिएको हो। त्यस्तै सोही मेडिकलले औषधि विक्री वितरण गर्दा बिल नदिएको पाइएको छ।

यसैगरी कुवेर मेडिकल राम्चे–९ को मेडिकल दर्ता गरे पनि सम्बन्धित व्यक्तिले सञ्चालन नगरी अर्कैले सञ्चालन गरेको पाइएको, सदीक्षा फार्मेसीको बिरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाइएको नगर स्वास्थ्य शाखाको ठहर छ। प्रायः सबै मेडिकल हलमा चिकित्सकको सिफारिस बिना अवैधानिक रूपमा औषधि विक्री गरेको पाइएको शाखाले जनाएको छ।

प्रतिवेदन तयार गरी जिल्ला प्रशासन तथा जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ती सबै पाँच मेडिकललाई लिखित स्पष्टीकरण तथा कारवाहीका लागि नगर स्वास्थ्य शाखाबाट पत्रचार गर्ने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डेढ महिनामा १०९ फरार प्रतिवादी पक्राउ

  • १५ कार्तिक, २०७७

गलकोट । जिल्ल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो डेढ महिनामा १०९ जना फरार प्रतिवादी  पक्राउ गरेको छ । प्रहरीको सक्रियतासँगै फरार अभियुक्त पक्राउ,

कोरोना सङ्क्रमणका कारण आरक्षका कामकाज प्रभावित

  • १५ कार्तिक, २०७७

इनरुवा ।  प्रदेश नं १ को मुख्य पर्यटक केन्द्र सुनसरीको पश्चिमकुशाहा–३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण

नेपालमा सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत

  • १५ कार्तिक, २०७७

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा