• शनिबार ७-१५-२०७७/Saturday 10-31-2020/ 10:58 pm

महामारीलाई वेवास्था नगर्न डब्लुएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ ।

विश्वका सबै देशका नागरिकले कोभिड–१९ सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको छ, संगठनका आपतकालीन सेवा निर्देशक मिखायल ¥यानले सञ्चारकर्मीसँगको भेटमा स्थानीय समय अनुसार शुक्रबार राति बताए ।

उनले भने, ‘अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी सङ्क्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड–१९ सङ्क्रमण र यसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी रहेको छ ।’ 

विश्वमा कैयौँ राष्ट्रहरूले तथ्याङ्कले के भनिरहेको छ भन्ने कुरामा वेवास्था गरिरहेको बताउँदै विश्व स्वास्थ्य संगठनका अधिकारीले भने, ‘महामारीलाई नियन्त्रणमा लिन कहिल्यै पनि धेरै ढिलो गर्नु हुँदैन ।’ 

उनले थपे, ‘अर्थतन्त्रलाई चुस्त दुरूस्त राख्नुपर्ने बाध्यता कुनै पनि राष्ट्रहरूलाई छ । यो सबैले बुझ्न सक्ने कुरा हो तर स्वास्थ्य सङ्कटलाई पनि वेवास्था गर्नु हुँदैन । यो समस्या जादुमयी तरिकाले हट्नेछैन ।’  सिन्ह्वा

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै

  • १५ कार्तिक, २०७७

डोटी । डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टेलेटर श्या जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा

बडिगाडकी सुत्केरीको हेलीमार्फत उद्धार

  • ११ कार्तिक, २०७७

बलेवा । बागलुङ, बडिगाड गाउँपालिकाकी एक सुत्केरीलाई अत्यधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रणसिंहकिटेनीकी ३८ वर्षीया

अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग

  • ९ कार्तिक, २०७७

गाईघाट ।  उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् ।  शनिबार स्थानीय २३ वर्षीया