• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 04:04 am

मेक्सिकोद्धारा अमेरिकासँगको सीमा कडा गर्न माग

एजेन्सी । मेक्सिकोका अधिकारीहरुले अमेरिकातर्फको सिमाना बढी कडा गर्न अमेरिकासँग माग गरेका छन् । पहिले पहिले अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रलाई कडा पार्ने र त्यसका लागि पर्खाल नै लगाउने भनेर अमेरिकाले प्रस्ताव गर्ने गरेको थियो । 

तर अहिले भने मेक्सिकन अधिकारीहरुले अमेरिकासँग जोडिएको आफ्नो देशको सीमा क्षेत्रलाई कडा पार्न माग गरेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएका छन् । त्यसैले आफ्नो देशलाई यसबाट सुरक्षित राख्नका लागि मेक्सिकोले पनि सीमा क्षेत्रमा कडाई गर्न माग गरेको हो । 

अमेरिकाको टेक्सास राज्यमा कोभिड १९ को संक्रमण निकै बढिरहेको छ र यसका कारण मेक्सिकोको उत्तरी क्षेत्रमा असर पर्ने देखिएको मेक्सिको अधिकारीले जनाएका छन् । मेक्सिकोको तमाउलीपास राज्यका गभर्नरले अमेरिकासँगको सीमा क्षेत्रलाई बढी कडाई गर्न माग गरेका हुन् । 

उक्त राज्यका गभर्नर जेभियर ग्रेसिया क्याभेजाले मेक्सिकोको सरकारलाई टेक्सास सँगको सिमानामा कडाई गर्ने नीति बनाउन आग्रह गरेका छन् । गभर्नर क्याभेजालाई पनि कोरोना भाइरसको पोजेटिभ भएको छ । उनीसहित टेक्सासको सीमाक्षेत्रमा पर्ने अर्काे एक राज्यका गभर्नरलाई पनि पोजेटिभ भएको छ । 
 
अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी सक्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड–१९ संक्रमण र यसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गुजरातको एक अस्पतालमा आगलागी, ८ कोरोना संक्रमितको मृत्यु

  • २२ श्रावण, २०७७

नयाँदिल्ली । भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोनासंक्रमित बिरामीको मृत्यु भएको छ । गुजरातको राजधानी

कोरोना महामारीका बीच अमेरिकामा निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

  • २२ श्रावण, २०७७

वासिङ्टन । अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । डाउ जोन्सले गरेको

कोरोना अस्पतालमा आगलागी हुदाँ ८ जनाको मृत्यु

  • २२ श्रावण, २०७७

एजेन्सी । गुजरातको अहमदाबादस्थित एक अस्पालमा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको बताइएको छ ।  ३५ बिरामीलाई अन्यत्र सारिएको छ । अस्पतालमा