• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ओलीको अर्को कार्ड : वामदेबलाई नयाँ पार्टीको अध्यक्ष र १ वर्षपछि प्रधानमन्त्री बन्न प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को एउटा ‘कार्ड’ उपाध्यक्ष वामदेव गौतमसमक्ष पुर्याएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले उत्कर्ष लिइरहँदा उनले पुनः वामदेवलाई अध्यक्ष र प्रधानमन्त्री बन्ने प्रस्ताव पेश गरेका हुन् ।

पार्टीभित्रबाटै अल्पमतमा परेका ओलीलाई यतिबेला सत्ता छाड्नपर्ने चर्को दबाब परेको छ । यो सँगै पार्टी स्थायी कमिटी बैठकमा मागिएको प्रधानमन्त्रीको राजीनामाको विषय यतिबेला लगभग पार्टी फुटको अवस्थामा पुगेको छ । 

एकलौटी रुपमा निर्णय गरेको, पार्टी निर्णयभन्दा बाहीर रहेर काम गरेको, सरकारका कामहरु प्रभावशाली ढंगबाट गर्न नसकेको, जनस्तरबाट व्यापक विरोध भएको लगायतका विषय पेश गर्दै उनको राजीनामा पेश भयो । 

तर, उनी राजीनामा दिनुभन्दा पार्टी नै विभाजन गर्ने यात्रातर्फ मोडिएका छन् । पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, लगायतका शीर्ष नेताहरुले नै बैठकमा राजीनामाको विषय उठाएका हुन् ।

................
‘खुमलटार बैठक र वामदेवको प्रस्ताव’

शनिबार दिउँसो वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ सँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका थिए । 

खुमलटार स्रोतका अनुसार दिउँसोको बैठकमा सकेसम्म ओलीलाई गलाएर दुवै पद छाड्न लाउने र पार्टी एकता जोगाउनेतर्फ नेताहरुले जोड दिएका थिए । ऐतिहासिक रुपमा भएको पार्टी एकतालाई जुनसुकै हालतमा जोगाउनपर्ने भनाई शनिबार दिउँसोपनि बैठकमा अध्यक्ष दाहालले राखेको स्रोतको दाबी छ । 
सोही बैठकमा आफूलाई आएको प्रस्तावबारे बामदेवले ‘व्रिफिङ’ गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार आफूलाई विभिन्न प्रस्तावहरु आएका र योबीचमा आफूलाई नयाँ दलको अध्यक्ष बन्ने र संसदीय दलको नेता बनेर एक वर्षपछि प्रधानमन्त्री बन्ने अफर आएको पनि सुनाएका थिए । 

स्रोतका अनुसार बैठकमा नेताहरुलाई उनले आफूले प्रस्ताव ठाडै अस्वीकार गरेको बताएका थिए । ओलीले पार्टी फुटाउनका लागि सांसदहरुसँग पनि छलफल गरिरहेको उनले बैठकमा सुनाएका थिए । 

पार्टी एकता जोगाउनेतर्फ अघि बढ्नपर्ने भनाई खुमलटारमा नेताहरुले राखेपछि उनले बैठकमा भनेका थिए,‘मलाई विभिन्न प्रस्तावहरु यसबीचमा आएका छन् । मलाई नयाँ दलको अध्यक्ष र प्रधानमन्त्री बन्न भन्नुभएको छ ।’

बामदेवले उक्त विषय प्रस्तुत गरेपछि नेताहरु मुखामुख गरेका थिए । पार्टी एकतालाई जोड दिनपर्ने र आफू पदको लोभमा नपर्ने भन्दै गौतमले नेताहरुलाई आश्वस्त पारेका थिए । 

...............
पोखरेलमार्फत ‘वामदव कार्ड’ 

रक्षामन्त्री समेत रहेका ओलीका नजिकका पात्र ईश्वर पोखरेलले नेता गौतमसमक्ष उक्त कार्ड बोकेर पुगेका थिए । शनिबार दिउँसो बामदेवलाई प्रस्तावबारे बुझ्नका लागि इश्वर पोखरेललाई ओलीले लगाएको स्रोतको दाबी छ । 

साँझ राष्ट्रपति विद्यादेवी भण्डारी भेटेर आएका ओलीले मन्त्रिपरिाष्दका सदस्यहरुलाई बोलाएर कित्ता क्लिएर गर्नका लागि भनिसकेका छन् । 

गौतम निवासमा ओली पक्षीय लगभग २० जना नेताहरु शुक्रबार साँझ  पुगेको स्रोतको भनाई छ । गौतमलाई अध्यक्ष र प्रधानमन्त्रीको अफरसहित ओलीले अफर गर्नका लागि बिहीबारबाटै रणनीति बनाएको स्रोतले समाचार दैनिकसँग भन्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर