• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 05:32 pm

भरतपुरबाट आठ जुवाडे पक्राउ

भरतपुर ।  जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१ मिलनरोडबाट उनीहरूलाई नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । 

स्थानीय प्रकाशमान कर्माचार्यको घरमा मङ्गलबार दिउँसो लुकीछिपी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ का ५५ वर्षीय घरधनी कर्माचार्य, ५७ वर्षीय गम्भीर श्रेष्ठ,  वडा नं २ का ४५ वर्षीय सरस्वतीकुमार श्रेष्ठ , ४१ वर्षीय अनिलकुमार श्रेष्ठ, ४९ वर्षीय राजकुमार श्रेष्ठ, ४५ वर्षीय सूर्यकुमार श्रेष्ठ, ३५ वर्षीय पुष्प श्रेष्ठ र भारत कोलकाता घर भई हाल भरतपुर–२ बस्ने ३८ वर्षीय बप्पी खान रहेका छन् । 

उनीहरु विरुद्ध जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उपत्यकामा थप ७५५ जनामा कोरोना पुष्टि

  • ८ असोज, २०७७

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष गरि ६०९ जना,

पाल्पा पहिरो अपडेटः एक महिलाको मृत्यु, ५ जना अझै बेपत्ता, उद्दारमा समस्या

  • ८ असोज, २०७७

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने सोही वडाको बेलौजाका दुई घर

त्रिभुवन राजपथ अवरुद्ध

  • ८ असोज, २०७७

मकवानपुर । भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजीकै मध्याह्न १२ बजे पहिरोे जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिराले सडक अवरुद्ध भएपछि