• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सूर्यविनायकबाट ५० लाख जरिवाना तोकेका फरार अभियुक्त पक्राउ

भक्तपुर ।  बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र रु ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका–५ बासुटोल बस्ने ४२ वर्षीय भूपेन्द्र गोराजुलाई पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

भक्तपुरका कृष्णगोपाल राजलवटको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भूपेन्द्र गोराजु भएको बैकिङ कसुरमा अदालतले विसं २०७५ चैत २४ गते गरेको फैसला कार्यान्वयन नगरी फरार रहेका थिए । पक्राउ परेका गोराजुलाई भक्तपुर जिल्ला अदालत भक्तपुरमा पेश गरी फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौँ पठाउने आदेश भएअनुसार कारागार पठाएको उनले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर