एक टेलिग्रामले जोडेको थियो ऋषि–नीतुको मन,फिल्मी प्रेम कहानी

एजेन्सी । ऋषि कपुर र नीतु कपुर एक सफल अनस्क्रिन र अफस्क्रिन जोडी हुन् । जसलाई दर्शकले निकै रुचाए । तर दुखको कुरा ऋषि कपुरको निधनपछि नीतु एक्लै भएकी छन् । बिवाहको ३० वर्षपछि पहिलो पटक नीतु कपुर ऋषि कपुरको यादमा आफ्नो जन्मदिन मनाउँनेछिन्  

नीतुले आफ्नो जन्मदिनमा सामाजिक सञ्जाल मार्फत बताइरहेकी छन् कि, यी जोडीको घनिष्ठता कसरी बढेको थियो । ऋषि कपुरले सानै उमेरमा बलिउडमा डेब्यु गरेका थिए । यही कारण ‘बोबी’ फिल्मको सफलतापछि उनी निकै समस्यामा परेका थिए । उनले आफ्नो उमेरको कोही अभिनेत्री पाइरहेका थिएनन् । फिल्म ‘बोबी’ मा ऋषिसँग डिम्पल कपाडीले काम गरेकी थिइन् तर उनले पनि राजेश खन्नासँग विवाह गरिन् । यसैक्रममा उनको भेट नीतु कपुरसँग भएको थियो । 

नीतु कपुरले अनिल कपुरसँग दिएको एक अन्तर्वातामा बताए अनुसार ऋषिले हरेक सानो कुरामा कमेन्ट गर्ने गर्थे । पहिलो भेटमै ऋषिले नीतुलाई उनको कपला,ड्रेस र मेकअपको बारेमा प्रसंसा गरेका थिए । जुन नीतुलाई निकै मन परेको थियो । 

ऋषि कपुर र नीतु कपुर एक अर्काको नजिक हुँदै थिए । उनीहरुले भर्खरै कभी कभीको सुटिङ सकेका थिए । तर कारण बस ऋषि पेरिस गए । उनलाई त्यहाँ नीतुको यादनले निकै सतायो । उनी नीतुलाई मन पराउँन थालिसकेका थिए । उनले नीतुको लागि टेलिग्राममा मायाले भरिएको सन्देश पाएका थिए । त्यहीबाट उनीहरुको प्रमे यात्रा सुरु भएको थियो । 

ऋषिले नीतुलाई डेट गरिरहेका थिए । तर ऋषिले विवाह नगर्ने बताए थिए । उनीहरुको सम्बन्ध चलिरह्यो । उनी नीतुलाई धेरै माया गर्न थाले । विवाह नगर्ने भनेको सम्बन्ध ५ वर्ष नपुग्दै विवाहमा परिणत भयो । 

ऋषि र नीतुको विवाह एक फिल्मी शैलीमा भएको थियो । उनीहरु दुबै जना एक साथीको विवाहमा गएका थिए ।  त्यही उनीहरुले अचानक विवाह गरे जतिबेला एक अर्कालाई लगाइदिन औँठी पनि थिएन । ऋषिले साथीको बहिनीको हातको औँठी लगाइदिएर नीतुसँग बिवाह गरेका थिए । 

सन् १९८० जनावरी २२ मा उनीहरुले विवाह गरेका हुन् । उनीहरुको दुई जना एक छोरा एक छोरी छन् । छोरी रिद्धिमा फेशन डिजाइनर हुन् भने रणबीर कपुर बलिउड स्टार हुन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर