दुर्गेश थापाको तीज गीत ‘बीच बीचमा –२’ विवादमा

काठमाडौं । एक हप्ता अगाडी रिलिज भएको गायक दुर्गेश थापाको तीज गीत ‘बीच बीचमा –२’ विवादमा आएको छ । उक्त गीतलाई शब्द चोरीको आरोप लागेको छ । उनले ‘लोक पपशैली’ मा ‘एउटा फोटो खिच’ गीत उनले सार्वजनिक गरेको केहि दिनमै उनलाई चोरीको आरोप लागेको हो । 

लोक कवि अली मियाँको गीतको अन्तरा हुबहु चोरी गरेको आरोप अली मिया लोक वाङ्मय प्रतिष्ठानले लगाएको छ । दुर्गेशले ‘आकासमै बादलु डम्मै छ’ अन्तरा हुबहु चोरी गरेको आरोप अलि मिया लोक वाङ्मय प्रतिष्ठानको छ । 

‘आकासमै बादलु डम्मै छ’ बोलको गीत निकै गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले स्वर दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर