• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रिमियर लिगमा लिभरपुलको जितको यात्रा कायमै, ब्राईटन ३–१ गोल अन्तरले पराजित

इंग्लिस प्रिमियर लिगमा उपाधि पक्का गरिसकेको लिभरपुलले आफ्नो जितको यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्राइटोनलाई तीन एक गोलले हरायो ।

 लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गरे । जितपछि लिभरपुलले ३४ खेलमा ९२ अंक बनाएको छ । उसले अब म्यानचेस्टर सिटीले यसअघि बनाएको एक सय अंकको रेकर्ड तोड्नका लागि आठ अंक पछाडी रहेको छ ।

अर्को  खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासललाई पाँच शुन्यको भारी अन्तरले हरायो । सिटीको जितमा गाब्रियल जिसस, महरेज, फेर्नान्डेज, डेविड सिल्भा र रहिम स्ट्रलिङले एक एक गोल गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर