• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

सिन्धुपाल्चोकमा बाढी : उद्दारका लागि हिँडेका सभामुख मौसम बिग्रिएपछि आकाशबाटै फिर्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे हिँडेका सभामुख अग्निप्रसाद सापकोटा धुलिखेलको आकाशबाटै फिर्ता भएका छन् । खराब मौसमका कारण उनी अकाशबाटै फिर्ता हुन परेको सभामुखका प्रेस सल्लाहका श्रीधर न्यौपानेले समाचार दैनिकलाई जानकारी दिए । 

सडक सम्पर्क टुटेपछि सभामुख सापकोटा सहितको टोलि फर्किएको हो । बाढी पीडित र घाईतेको उद्दारका लागि सिन्धुपाल्चोक जादै गरेका सभामुख सापकोटा खराब मौसमका कारण फर्कनपरेको हो । ‘मौसम प्रतिकुल भएपछी सभामुख ज्यु धुलिखेलको आकसबाट फर्कनुभएको छ’ सल्लाहकार न्यौपानेले भने ।

बाढीमा परेर दुई जनाको मृत्यु भएको छ भने १८ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी रहेका छन् । 

त्यस्तै, बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले समाचार दैनिकलाई बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर