• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

इमरजेन्सी ल्यान्ड ! मौसम थोरै अनुकूल हुनासाथ हेलिकोप्टरबाट उद्दार हुन्छ : मन्त्री दुलाल

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले  मौसम थोरै अनुकूल हुनेवित्तिकै उद्दार कार्यमा हेलिकोप्टर पुर्याइने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रविसेमा गएराती आएको बाढी प्रभावितको उद्दार कार्य सुरु भएको छ । 

काठमाडौंबाट सभामुख अनि प्रसाद सापकोटा सहित चढेका हेलिकोप्टर मौसम खराबीका कारण धुलिखेलको आकाशबाट फर्किएको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा ‘सुबोध’ सहित गएको हेलिकोप्टर नेपालथोकमा इमरजेन्सी ल्यान्ड गरेर बसेको छ । 

मन्त्री दुलालका अनुसार गाडी बाटो अवरुद्ध भएकोले घाइतेको उद्दारमा समस्या देखिएको छ । ‘गाडी बाटो अवरुद्ध भएकोले घाइतेको उद्धार गर्न सकिएको छैन । प्रकृतिको अपार चुनौति सामना गर्न सुरक्षाकर्मी र स्थानीय जुट्नु भएको छ । मौसम थोरै अनुकूल हुनसाथ उद्धार कार्यमा हेलिकोप्टर पुग्नेछ ।’ उनले भनेका छन् ।

बाह्रविसेको जम्बु बजारमाा गएराती आएको बाढीबाट २ जनाको मृत्यु भएको छ भने १८ जना वेपत्ता भएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर