• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

सिन्धुपाल्चोक बाढी अपडेट : गम्भीर घाइते २ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, उद्दार कार्य जारी

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसेबाट २ जना घाइतेको उद्दार गरी काठमाडौं ल्याइएको छ । केहीबेरअघि हेलिकोप्टर लिएर घटनास्थल पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ का अनुसार उनीहरुलाई भर्खरै काठमाडौं पठाइएको हो । 

मौसम खराबका कारण काभ्रेको नेपालथोकमा इमरजेन्सी ल्यान्ड गरेको हेलिकोप्टर मौसममा केही सुधार आएसँगै त्यहाँ पुगेको हो । सापकोटाका अनुसार गम्भीर घाइते भएका उनीहरुलाई हेलिकोप्टरमार्फत काठमाडौं उपचारका लागि पठाइएको हो । 

अहिले उनीसहित नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल घटनास्थलतर्फ गइरहेका छन् । 

बाढीमा परि मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुवैको शव फेला परिसकेको छ । घटनामा १८ जना बेपत्ता भएको र पाँचजना गम्भीर घाइते भएको उनले बताए । 

साथै, उद्दारका लागि बागमती प्रदेशका सामाजिक विकास मन्त्री दुलाल हेलिकोप्टरमार्फत त्यसतर्फ गएका छन् । उनीसहित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल पनि हेटौंडाबाट प्रस्थान गरेका छन् । त्यस्तै, काठमाडौंबाट कानूनमन्त्री शालिकराम जमरकट्टेल पनि सिन्धुपाल्चोक प्रस्थान गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर