• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

यी हुन बाह्रविसेको बाढीमा बेपत्ता भएका २० जना [नामावलि]

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसेमा आएको बाढीमा बेपत्ता भएकाहरुको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रविसे नगरपालिकाका १६ जना र भोटेकोसी गाउँपालिकाका ४ जना बेपत्ता भएका छन् । 

अहिले घाइतेहरुको उद्दार कार्य जारी छ । बागमती प्रदेशका मन्त्री, सभामुख, जिल्ला तहका नेताहरु तथा विभिन्न सरोकारवालाहरु घटनास्थलतर्फ गइरहेका छन् ।  मृत्यु भएका २ जनाको शव फेला परिसकेको छ । मृत्यु हुनेमा निकेश बस्नेत र उनकी ३ बर्षिया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।
 
बाह्रविसे नगरपालिकाको कार्यालयका अनुसार बेपत्ता हुनेहरुको सूची:

१) भिमबहादुर वाईवा
२)चिनीमायाँ वाईवा 
३)लिलामायाँ वाईवा 
४)पासाङडोल्मा वाईवा
५)निमाडोल्मा वाईवा
६)लक्ष्मण वाईवा 
७)सुनमायाँ वाईवा
८)जनक बहादुर वाईवा
९)सविना तामाङ
१०)हिमेश शर्मा
११)आकाश तामाङ
१२)आकाश केसी
१३)तोकबहादुर तामाङ
१४)युक्त कुमार तामाङ
१५)सुवेश तामाङ 
१६)सलिना तामाङ
१७)निमादोर्जे तामा
१८)मञ्जु तामाङ
१९)पासाङ नोर्बु तामाङ
२०)सहिल तामाङ
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर