मधेसी समुदायसँग हास्य कलाकार सन्दिप क्षेत्रीले मागे माफी

काठमाडौं । कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग माफी मागेका छन् । बिहिबार प्रशारण भएको कार्यक्रम ‘ह्वाट द फ्लप’को सुरुवातमै उनले कार्यक्रममा प्रसारित साम्रग्रीले मधेसी समुदायको भावनामा चोट पुग्न गएकोप्रति आफू दुःखी भएको भन्दै माफि मागेका हुन् । 

उनले कार्यक्रम ‘ह्वाट द फ्लप’ विशुद्ध मनोरञ्जनात्मक बार्यक्रम रहेको बताएका छन् । साथै दर्शकको माग अनुसार कार्यक्रम परिमार्जन गरिने बताएका छन् ।

‘ह्वाट द फ्लप’ सो मार्फत उनले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी ७ वर्षपछि नागरिकता पाइने व्यवस्थापन लागू हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे अभिनय गरेका थिए। सो अभिनयले मधेसी महिलाको अस्मितामा चोट पु¥याएको भन्दै उनको विरोध गरिएको थियो । 

उनीविरुद्ध वीरगंजका युवा ओमप्रकाश सरार्फले ‘ह्वाट द फ्लप’ कार्यक्रममा मधेसीको मान तथा स्वभिमानमा आँच पु¥याउने गरि कार्यक्रम उत्पादन गरेको भन्दै उजुरी दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर