• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 04:29 pm

माछा मार्न गएका दुई युवक खोलामा डुबेर बेपत्ता

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन् । 

जिल्लाको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा शुक्रबार बिहान माछा मार्न गएका तीनमध्ये दुई जना खोलामा डुबेका हुन् ।

बेपत्ता हुनेमा सोही स्थान बस्ने २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रवीण विक रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । 

उनीहरुसँगै गएका १६ वर्षीय सोहनकुमार सोनारले साथी खोलामा डुबेको खबर प्रहरीलाई गरेका थिए । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी र स्थानीयवासीसहितको टोलीले बेपत्ताको खोजी तीव्र पारेको प्रनाउ लामाले जानकारी दिए । 

माछा मार्ने क्रममा शुरुमा प्रवीण अचानक चिप्लेर खोलामा डुबेका थिए । उनलाई बचाउन जाँदा सुधिर पनि डुबेर वेपत्ता भएका हुन् । 

राति आएको पानीले खोलामा बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पा पहिरो अपडेटः एक महिलाको मृत्यु, ५ जना अझै बेपत्ता, उद्दारमा समस्या

  • ८ असोज, २०७७

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने सोही वडाको बेलौजाका दुई घर

त्रिभुवन राजपथ अवरुद्ध

  • ८ असोज, २०७७

मकवानपुर । भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजीकै मध्याह्न १२ बजे पहिरोे जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिराले सडक अवरुद्ध भएपछि

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

  • ८ असोज, २०७७

काठमाडौं । पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ ।