• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

रेमडिसिभिर नामक औषधिले कोरोना ठीक हुने दक्षिण कोरियाली स्वास्थ्य अधिकारीको दावी

काठमाडौं। रेमडिसिभिर नामक औषधिले कोरोना ठीक हुने दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्रत्येक तीनमध्ये एकजनालाई गायलिड साइन्स इन्कको एन्टिभाइरल औषधि रेमडिसिभिर प्रयोग गरिँदा बिरामीको अवस्थामा सुधार आएको उनीहरूको भनाइ छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, दक्षिण कोरियामा कोरोनाका बिरामीको रेमडिसिभिरकै कारण स्वास्थ्य अवस्थामा सुधार आएको हो वा उनीहरूको रोगविरुद्ध लड्ने क्षमता अभिवृद्धि भएर भन्नेबारे शोध गर्नु आवश्यक छ। अमेरिकामा यो औषधि क्लिनिकल ट्रायलको समयमा बिरामीलाई दिइएको थियो। यसले बिरामी ठीक हुन लाग्ने समय घटाइदिएको थियो। कोभिड–१९ विरुद्धको लडाइँमा अमेरिकामा रेमडिसिभिरलाई अचुक हतियार मानिएको छ।

संसारमै अहिलेसम्म यो रोगविरुद्धको भ्याक्सिन बनेको छैन। थुप्रै देशका वैज्ञानिक र शोधकर्ताहरू यसको खोजमा अनवरत् लागिरहेका छन्। रेमडिसिभिर निर्माण गर्ने कम्पनी गायलिडले शुक्रबार भनेको छ- यसको प्रयोगले कोरोनाका गम्भीर बिरामीको मृत्युको जोखिम घटाइदिएको छ। तर, यसको सुनिश्चितताका लागि व्यापक क्लिनिकल ट्रायल आवश्यक रहेको पनि कम्पनीको भनाइ छ।

कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी)ले अलग–अलग अस्पतालमा रेमडिसिभिर खाएका २७ बिरामीको नतिजा शनिबार सार्वजनिक गरेको थियो। केसीडीसीका उपनिर्देशक क्वोन जुन–वुकले पत्रकार सम्मेलनमा बताएअनुसार औषधि खाने ९ जनाको अवस्थामा सुधार आएको थियो। १५ जना बिरामीको अवस्थामा कुनै सुधार नभएको र तीनजनाको भने अवस्था गम्भीर भएको थियो।

गत जुनमा दक्षिण कोरियाले पाँच हजार बिरामीका लागि औषधि आपूर्तिको अनुरोध गरेको थियो। त्यसबेला कोरिया भाइरसको दोस्रो लहरबाट बच्न तयारी गरिरहेको थियो। उक्त मुलुकमा अहिलेसम्म कोरोनाबाट प्रभावित १३ हजार ४७९ जना छन् भने २८९ को मृत्यु भइसकेको छ। (बीबीसी)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर