• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

जुँगा भएकी राजकुमारी, जसको प्रेममा १३ जना पुरुषले गरेका थिए आत्महत्या 

एजेन्सी । आजको समयमा महिलाहरुको सौन्दर्य शरीरको बनावट र अनुहारको चमकमा निर्भर हुने गरेको छ । तर एक भनाई प्रख्यात छ, सुन्दरता मानिसहरुका हेर्ने आँखामा भर पर्छ । यसरी सुन्दरताको परिभाषा मानिसहरुको सोचाई अनुसार फरक- फरक पर्छ । यस्तै १९औंं शताब्दीमा मोटोपनलाई नै सुन्दरता मानिन्थ्यो । त्यसैले त्यो समयको इरानी राजकुमारीको सुन्दरता आज पनि याद गर्ने गरिन्छ । 

इरानकी राजकुमारी ताज अल काजार सुल्तानले सुन्दरताको सबै मापदण्ड तोडेकी थिइन् । उनको अनुहारमा बाक्लो आइब्रो र जुँगा थियो । साथै उनी निकै मोटी थिइन् । यधपि त्यो समय मोटी महिलाहरुलाई निकै सुन्दरी मानिन्थ्यो । 

मिडिया रिपोर्ट अनुसार त्यस समयमा धेरै युवाहरु राजकुमारीको सुन्दरतामा मोहित भएका थिए । उनीहरु राजकुमारीसँग बिवाह गर्न चाहन्थे । तर राजकुमारीले सबैको प्रेमलाई अस्वीकार गर्थिन । ती राजकुमारीले प्रेम अस्वीकार गरेका कारण १३ जना पुरुषले आत्महत्या गरेका थिए । 

राजकुमारीले खासमा सबैको प्रेम अस्वीकार गर्नुको कारण उनी बिवाहित थिइन् । राजकुमारीले अमिर हुसेन खान शुजा–ए–सुल्तानेहसँग बिवाह गरेकी थिइन् । उनीहरुको दुई छोरी र छोरा पनि थिए । तर अन्तमा उनीहरुले सम्बन्ध विच्छेद गरे । 

भनिन्छ, राजकुमारीको धेरैसँग अफियर चलेको थियो । यी मध्यका दुई सबै भन्दा प्रमुख गुलाम अली खान अजीजी सुल्तान र इरानी कवि आरिफ काजविनी थिए । राजकुमारी त्यो युगको आधुनिक महिलाहरुमध्येकी एक थिइन् । उनी पश्चिमी सभ्यताबाट प्रभावित भएकी थिइन् । जसको कारण आधुनिक कपडामा उनको रुची थियो । राजकुमारी काजारलाई विश्वमा हिजाब उतारने पहिलो महिलाको रुपमा चिनिन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर