• सोमबार ४-२६-२०७७/Monday 08-10-2020/ 02:49 am

कोरोना संक्रमणबाट धनुषामा एक जनाको मृत्यु

जनकपुर। कोरोनाको संक्रमणबाट धनुषामा हिजो ३८ वर्षीय एक युवकको मृत्यु भएको छ। 

शहीदनगर-८ डुमरिया बस्ने ती युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए। उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाका अनुसार ती युवकको हिजो बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको थियो। 

शवलाई जनकपुरमा व्यवस्थापन गरिने बताइएको छ। धनुषामा कोरोना संक्रमणबाट मृत्युको यो पहिलो घटना हो ।  यस प्रदेशमा अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाको लक्षण मिल्ने एक पुरुषको मृृत्यु, पुष्टी हुन बाँकी

  • २५ श्रावण, २०७७

जनकपुरधाम । धनुषामा कोरोनासंग मिल्दो जुल्दो लक्षण रहेका एक जना पुरुषको मृत्यु भएको छ । केही दिन यतादेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको सो

‘घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन

  • २५ श्रावण, २०७७

दार्चुला । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला आइपुगे । गत

सशस्त्र प्रहरीका नौ जवानमा कोरोना संक्रमण पुष्टि

  • २५ श्रावण, २०७७

महोत्तरी । महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र