• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

रेडियो नेपालकाे कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले समाचार दैनिकलाई जानकरी दिए । 

यहि असार १३ गते गोरखापत्र दैनिकमा प्रकाशन गरिएको १५ दिने सूचनामा अहिले आधा दर्जनले दाबी गर्दै आवेदन गरेका थिए । आवदेन आएपछि केसीलाई मन्त्रिपरिषदले नियुक्ति दिएको हो । 

अन्तिम मिति (आइतबार)सम्म दिपक पाठक, सन्तोष पौडेल, लक्ष्मण हुमागाई, अशोक बास्कोटा, बुद्धि बहादुर केसी र अच्युतम पोखरेलले दरखास्त दिएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर