• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

स्थायी कमिटीमा प्रस्ताव गर्न लिएको ६ बुँदे प्रस्ताव बैठक स्थगितपछि सार्वजनिक गरे वामदेबले 

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले एकलौटी रुपमा मंगलबार मध्यान्ह स्थगित गरेको केही बेरमै नेता वामदेब गौतमको ६ बुँदे सहमतिको प्रस्ताव भनि सार्वजनिक भएको छ । 

आफ्ना मतलाई प्रायः हस्तलिखित सार्वजनिक गर्ने गौतमले कम्प्युटर टाईपमा सहमति पत्र सार्वजनिक गरेका छन् ।

उक्त प्रस्तावप्रति अविश्वास नरहोस् भनि उनका प्रेस संयोजकका रुपमा रहँदै आएका विश्वमणि सुवेदीले गौतमको आधाकारिक रहेको भनि सामाजिक सञ्जाल मार्फत् पुष्टि गरेका छन् । ‘पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्ष समक्ष राखेको प्रस्ताव’ भनि ६ बुँदे पत्र सार्वजनिक गरिएको छ ।

गौतमले आज बस्ने भनिएको स्थायी कमिटीमा उक्त ६ बुँदे प्रस्ताव गर्ने तयारी गरेका थिए । बैठक नबस्ने भनिएपछि उक्त प्रस्ताव सार्वजनिक गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर