• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

किन गए ओली बामदेव निवास भैंसेपाटी ?

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा उपाध्यक्ष वामदेव गौतमबीच पार्टीको आन्तरिक विवादका बिषयमा छलफल भएको छ । छलफलका लागि गौतमलाई भेट्न ओली पत्नी राधिका शाक्यका साथ मंगलवार साँझ ललितपुरको भैंसेपाटीस्थित गौतम निवास पुगेका थिए । भेटमा  नेकपाभित्र देखिएको विवाद तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । 

प्रधानमन्त्रीका साथमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल पनि सहभागी भएका थिए । मंगलबार नै गौतमले पार्टीको विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव अघि सारेका थिए ।  गौतमले एकता महाधिवेशन सहमतिमा गर्नुपर्ने पनि उल्लेख गरेका थिए।

पार्टीका बैठकहरु अब बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने उल्लेख गर्दै गौतमले मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने समेत उल्लेख गरेका थिए।

विवादकैबीच मंगलबार ओलीइत्तर समूह बालुवाटारमा नै स्थायी समिति बैठक बसेका थिए । बैठकले ओलीले बिधानबिपरित एकलौटी ढंगले बैठक स्थगित गर्ने निर्णय गरेको निष्कर्ष निकालेको थियो । नेकपाका असन्तुष्ट समूहले प्रधानमन्त्री ओलीको राजीनामा माग गदै आएका छन् तर ओलीले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर