ढोरपाटनको लुकुरकबनमा पहिरोका कारण ९ परिवार विस्थापित

ढोरपाटन (बागलुङ) । सोमबारदेखि परेको अविरल वर्षाका कारण ढोरपाटन नगरपालिका–४ लुकुरबन धिरी पाखाडेरामा गएको पहिरोका कारण ९ परिवार विस्थापित भएका छन् । मंगलबार साँझ पाखाडेराका बारीका गराबाट आएको पहिरोले तल्लो आरणडेराका घरहरुमा क्षति पुर्याएपछि ९ घर विस्थापित भएका छन् ।

पहिरो गएको स्थान वरपर पुरै जमिन चर्किएकाले घर खाली गराई उनीहरुलाई नजिकका आफन्त र विद्यालय, स्वास्थ्य चौकीको भवनमा स्थानान्तरण गरिएको ४ नम्बर वडा अध्यक्ष तिलक पुनले बताए । ‘धनजनको क्षति भएको छैन । पाखाडेरबाट अएको पहिरोले आरणडेरामा क्षति पुर्याउने खतरा देखिएकाले पहिरो नजिकका घर खाली गराएका छौं । पहिरो गएको स्थान वरपर जमिन चर्किएको छ‘, अध्यक्ष पुनले भने ।

धनजन सुरक्षितका लागि स्थानीय धिरी आधारभूत विद्यालय र स्वास्थ्य चौकीमा बस्ने व्यवस्था गरिएको उनले बताए । ‘धनजन क्षति छैन । तर, खतरा ठूलो छ । तत्काललाई विस्थापितको आवश्यकता पुरा गरिएको छ । स्कुल र स्वास्थ्य चौकीमा आगो बाल्न नमिल्ने भएकाले छाप्रो बनाउँदै छौं‘, उनले भने– ‘थप सहयोगका लागि नगरपालिका, प्रदेशसँग समन्वय हुँदैछ ।‘

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर