• सोमबार ४-२६-२०७७/Monday 08-10-2020/ 02:43 am

कोरोना महामारी नियन्त्रणका लागि प्रदेन नं २ मा थप सात करोड निकासा

जनकपुर । प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबार रु सात करोड निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसनकक्षको थप व्यवस्थापन, बिरामीको खाना–खाजा र श्ययाको  सङ्ख्यामा वृद्धिलगायतका लागि सो रकम निकासा गरेको जनाएको छ ।

बाराको सिमरामा कोभिड अस्पताल निर्माण गर्न रु एक करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शववाहन तथा एम्बुलेन्स खरिदका लागि रु एक करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाही जिल्लामा आइसोलेसनकक्षको व्यवस्थापनका लागि रु ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाका लागि रु ५०/५० लाख निकासा गरिएको छ । आवश्यकताको आधारमा जिल्लाबाट माग भएबमोजिम थप रकम व्यवस्थापन गरिने कार्यालयले जनाएको छ 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाको लक्षण मिल्ने एक पुरुषको मृृत्यु, पुष्टी हुन बाँकी

  • २५ श्रावण, २०७७

जनकपुरधाम । धनुषामा कोरोनासंग मिल्दो जुल्दो लक्षण रहेका एक जना पुरुषको मृत्यु भएको छ । केही दिन यतादेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको सो

‘घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन

  • २५ श्रावण, २०७७

दार्चुला । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला आइपुगे । गत

सशस्त्र प्रहरीका नौ जवानमा कोरोना संक्रमण पुष्टि

  • २५ श्रावण, २०७७

महोत्तरी । महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र