• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मुलुकको शासन प्रणाली परिवर्तन नभएसम्म मुलुकमा दिगो स्थीरता हुन सक्दैन–भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले मुलुकको शासन प्रणाली परिवर्तन नभएसम्म मुलुकमा दिगो स्थीरता नहुने बताएका छन् ।

 शनिबार काठमाडौंमा आयोजित समाजवादीको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले मुलुकको बर्तमान शासन प्रणालीले दुई तिहाइको सरकार पनि स्थीर हुन नसकेको भन्दै शासकिय प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले मुलुकलाई दिगो स्थीरतातर्फ लैजान पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचीत राष्ट्रपतिय प्रणालीको व्यवस्था हुनुपर्ने दोहराए । उनले मुलुकका देखिएका बिभिन्न व्यवस्थालाइ परिमार्जन गर्दै समृद्धिको दिशातर्फ जानुको बिकल्प नरहेको धारणा पनि राखे ।  

जनताले विश्वास गरेका पुराना पार्टी कांग्रेस र कम्युनिष्ट पार्टिबाट निराशामात्र पैदा भएको उनको भनाई छ । भट्टराईले जनताको विश्वास लिएर नै जनताको अधिकार स्थापीत गर्नका लागी संविधान संशोधन गर्न सकिने बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर