• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 11:47 am

चार वर्षको अवधिमा खेलकूदलाई सम्मान योग्य क्षेत्र बनाउछु– राखेप सदस्यसचिव सिलवाल

फाइल फाेटाे

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ, त्यो विश्वासलाई कहिले टुट्न नदिने दावी गरेका छन् । 

    नेपाल भलिबल सङ्घले उनको सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले भने,  “खेलकूदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ, त्यसमा इमानदार भएर अगाडि बढ्नेछु, मलाई पुनः जिम्मेवारी दिएकामा नेपाल सरकार, खेलकूद मन्त्रालय र सदस्यसचिव सिफारिस समितिलाई धन्यवाद दिन चाहन्छु, उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन ।”

सदस्यसचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्ड हल पनि नहुनु दुःखको कुरा भएको बताउँदै आफ्ना तर्फबाट त्यसका लागि पहल शुरु भइसकेको बताए। उनले भलिबल सङ्घलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउँदै अबका चार वर्षको अवधिमा खेलकूदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भिडालकाे विदाइमा मेसीकाे भावुक सन्देश, भिडालले भने-धन्यवाद एलियन !

  • ५ असोज, २०७७

एजेन्सी । छोड्नै लागेर पनि क्लबले सहज वातावरण नबनाएपछि अड्कीउका बार्सिलोनाका सुपरस्टार लियोनल मेसीले अर्का मिल्ने साथी गुमाउने पक्का भएको छ ।

लिभरपुलसँग घरेलु मैदानमै चेल्सी पराजित

  • ५ असोज, २०७७

एजेन्सी । इ‌ंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सी लिभरपुलसँग पराजित भएको छ । गए राति भएको खेलमा लिभरपुलले

लेस्टर सिटीको लगातार दोस्रो जित

  • ५ असोज, २०७७

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई ४–२ ले