• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विडारी, भट्टराई, गुरुङ र रावल समिति सभापतिमा दाेहाेरिदै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाका ४ समितिको सभापतिको निर्वाचन शुक्रबार हुने भएको छ । शुक्रबार दिनको १ः०० बजे, समितिमा हुने राष्ट्रिय सभा अन्तर्गतका चार वटै समितिका सभापतिहरुको निर्वाचनको लागि बिहिबार अपराह्न ४ बजेको भित्र ूसभापति पदमा निर्वाचित गरियोसू भनी उक एक ओटा मनोनयन प्रस्ताव परेको छ । 

प्रतिस्पर्धाका लागि एक समितिमा एक भन्दा बढि प्रस्ताव दर्ता नभएकाले प्रस्तावित उम्मेदवारहरु नै समितिको सभापति बन्ने पक्का छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको समझदारीमा मनोनयन दर्ता भएको हो । 

जसअनुसार विधायन व्यवस्थापन समितिमा देवेन्द्र दाहाल प्रस्तावक र  तारामान स्वार समर्थक भई परशु राम मेघी गुरुङलाई उम्मेदवारको रुपमा प्रस्ताव गरिएको छ । 

त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा  राधेश्याम अधिकारी प्रस्तावक र  शेर बहादुर कुँवर सर्थक भई राम नारायण विडारीलाई उम्मेदवारको अघि सारिएको छ । 

दिगो विकास तथा सुशासन समितिमा दीनानाथ शर्मा प्रस्तावक र  रमेशजंग रायमाझी समर्थक भई तारादेवी भट्टलाई उम्मेदवारको रुपमा प्रस्ताव  गरिएको छ । 

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापालाई खिमलाल भट्टराईले  प्रस्ताव गरेका छन् भने अनिता देवकोटाले समर्थन गरेकी छन् । 

 यी सवै यसअघिका सभापति हुन् । राष्ट्रिय सभाका समिति सभापतिहरूको कार्यकाल दुई वर्षको मात्र हुने संघीय संसदको नियमावलीको व्यवस्था भएकाले पुर्ननिर्वाचनको प्रकृया पुरा गर्न लागिएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर