• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 11:00 am

कोरोना महामारीका बीच अमेरिकामा निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

वासिङ्टन । अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख रोजगारी सिर्जना हुने भनिए पनि त्योभन्दा निकै कम मात्र रोजगारी सिर्जना भएको छ । यो वृद्धि जुन महिनाको भन्दा पनि कम भएको हो । 

अमेरिकी रोजगारी मापन गर्ने अटोम्याटिक डेटा प्रसेसिङ (एपीडी)का अनुसार अमेरिकाका सबै किसिमका व्यवसाय र क्षेत्रमा कोभिड–१९ को असर देखिएको र यसले लामो समयसम्म प्रभाव सिर्जना गर्नेछ । 

जुलाईमा ठूला कम्पनीहरुले एक ला २९ हजार तथा साना कम्पनीहरुले ६३ हजार रोजगारी सिर्जना गरेका थिए । तर मध्यम किसिमका व्यवसायबाट २५ हजारको रोजगारी गुमेको थियो ।

कोरोनाभाइरसका कारण लकडाउन गरिएपछि संयुक्तराज्य अमेरिकामा गत मार्च महिनामा तीन लाख दुई हजार रोजगारी गुम्ने पूर्वानुमान गरिएको थियो । अप्रिल महिनामा निजी क्षेत्रले झण्डै दुई करोड रोजगारी कटौती गरेका थिए ।

अमेरिकी श्रम विभागले निजी र सरकारी दुबै क्षेत्रबाट भएको रोजगारीको मासिक प्रतिबेदन दुई दिनभित्र सार्वजनिक गर्दैछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

  • ५ असोज, २०७७

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या पछिल्लो एक महिना अगाडीको भन्दा कम देखिदै आएको छ । गएको २४ घण्टामा अमेरिकामा ३३ हजार ३ सय ४४ जनामा

भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८५ हजार ६ नाघ्यो 

  • ५ असोज, २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढिरहेको छ । गएको २४ घण्टामा भारतमा ८७ हजार ३ सय ८२ जना नयाँ संक्रमित थपिएको

थाइल्याण्डमा राजतन्त्र विरुद्ध विशाल प्रदर्शन जारी

  • ४ असोज, २०७७

एजेन्सी । थाइल्याण्डमा राजा महा भजिरालोङकोर्नको शासनलाई खुल्ला चुनौती दिँदै राजधानी बैंककमा हजारौँ प्रदर्शनकारीले मार्च गरेका छन् ।  थाई