• बुधबार ७-१२-२०७७/Wednesday 10-28-2020/ 10:32 am

गुजरातको एक अस्पतालमा आगलागी, ८ कोरोना संक्रमितको मृत्यु

नयाँदिल्ली । भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोनासंक्रमित बिरामीको मृत्यु भएको छ ।

गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा बिहीबार बिहानै आगलागी शुरु भएको थियो । उक्त घटनालगत्तै त्यहाँ उपचारार्थ भर्ना भएका अरु ४१ जना कोभिड–१९ का बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरित गरिएको थियो । 

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आगलागीको उक्त घटनाबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । पीडितहरुलाई जतिसक्दो सहायता गर्न सरकार तत्पर रहेको बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ब्यारेटद्वारा अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशको सपथग्रहण

  • १२ कार्तिक, २०७७

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी एमी कोमी ब्यारेटले शपथग्रहण गरेकी छन् । उदारवादी चर्चित न्यायाधीश रुथ बाडर

युरोपमा कोरोना भाइरसबाट मृत्यु हुनेको दर ४० प्रतिशतले बढ्यो

  • १२ कार्तिक, २०७७

एजेन्सी । युरोपमा कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो एक हप्ताको तुलनामा मृत्यु हुनेको संख्या ४० प्रतिशतले बढेको

भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नजिक

  • १२ कार्तिक, २०७७

काठमाडौं। भारतमा कुल संक्रमितको संख्या ८० लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।  सो