• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

युभेन्टसका प्रशिक्षक मउरिजो सार्री बर्खास्त

इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ बाट टिम बाहिरिएपछि युभेन्ट्सले सारीलाई बर्खास्त गरेको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा शुक्रबार राति फ्रेन्च क्लब लियोनलाई २–१ ले पराजित गरेपनि युभेन्ट्स बाहिरिएको थियो । सिजनको सुरुवातमा चेल्सी छोडेर युभेन्टस आएका सार्रीले च्याम्पियन्स लिगमा खराब प्रदर्शन गर्नु नै बर्खास्तीको मुख्य कारण रहेको बताइएको छ ।  इटालियन प्रशिक्षक सारी सन् २०१९ मा युभेन्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

उनले यस सिजन युभेन्ट्सलाई सिरी ए को उपाधि समेत दिलाएका थिए । युभेन्टसले अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई विकल्पका रुपमा हेरेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर