• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गज्जब : १४ वर्षअघि चोरी भएको ‘पर्स’ भेटियो, त्यो पनि जस्ताको त्यस्तै ! 

एजेन्सी । यदि कसैले ‘पर्स’ हराएमा भेटिने सम्भावना निक्कै कम हुन्छ, भेटिहाले पनि त्यसमा रहेको पैसा वा महत्वपूर्ण चीज हाराइसकेको हुन्छ । त्यसमा पनि चोरी भएको पर्स भेटिएको घटना छैन भन्दा पनि हुन्छ ।

तर भारतको मुम्बईको एक लोकल ट्रेनमा १४ वर्षअघि चोरी भएको पर्सलाई प्रहरीले खोजेर उसको मालिकलाई जिम्मा दिएको छ । हराउँदा पर्समा ९ सय भारु रहेको बताइएको छ । 

भारतीय रेलवे प्रहरीका एक अधिकारीकाअनुसार, सन् २००६ मा छत्रपति शिवाजी महाराज टर्मिनल–पनवेल लोकल ट्रेनमा यात्रा गर्दैगर्दा हेमन्त पेडलकरको पर्स चोरी भएको थियो । यसै वर्ष एप्रिलमा वाशीका एक प्रहरी अधिकारीले उनलाई फोन गरेर उनको पर्स भेटिएको बताए । यद्यपि, भारतमा लकडाउन जारी रहेकाले उनी आफ्नो पर्स लिन जान सकेनन् । 

लकडाउन हटेपछि पनवेल निवासी पेडलकर वाशीको कार्यालयमा गएर पस जिम्मा लिए । पेडलकरका अनुसार, त्यस समय आफ्नो पर्समा ९ सय भारु रहेको जसमा ५ सयको पुरानो नोट थियो जो अब नोटबन्दीपछि काम नलाग्ने भइसकेको छ ।

वाशी जिआरपीले उसलाई तीन सय रुपैयाँ फिर्ता दिएको उनले बताए । उनले त्यसमा एक सय रुपैयाँको स्टाम्प पेपरका लागि खर्च गरे र बाँकी ५ सय रुपैयाँको नोट परिवर्तन गरेपछि पाइने उनले बताए । 

रेलवे प्रहरीका एक अधिकारीका अनुसार, पेडलकरको पर्स चोरी गर्ने गिरोहलाई केही समयअघि मात्रै पक्राउ गरिएको थियो । 

भारतको लोकल रेलहरुमा ‘पाकेटमार’ भनेर चिनिने चोरी गर्ने गिरोहको बिगबिगी हुने गरेको छ । विभिन्न रेलवे स्टेशनहरुमा ‘पाकेटमारबाट सावधान’ लेखिएका ठुला–ठुला होर्डिङ बोर्ड लगाएको नै देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर