मानहानी गरेको भन्दै प्रकाश सुवेदीविरुद्ध अभिनेत्री पूजा शर्माले दिइन् उजुरी

काठमाडौं  । अभिनेत्री पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन् । पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।

बिहिबार सार्वजनिक ‘रजतपट’ कार्यक्रममा पत्रकार सुवेदीले ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’ भनेका थिए ।

उक्त कार्यक्रम सार्वजनिक भएपछि नायिका पूजाले नाम नतोके पनि आफैलाई भनेका भन्दै स्टाटस लेखेकी थिइन् । हाल पूजाले आफ्नो मानहानी गरेको भन्दै कलाकार संघमा उजुरी हालेकी छन् ।

सामाजिक सञ्जालमा उक्त कार्यक्रमको केही अंश भाइरल भएको  छ । विशेष गरी टिकटकमा प्रकाशविरुद्ध केही मानिसहरुले विरोध गरे भने पूजालाई भने धेरैले समर्थन गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर