गायक निशान भट्टराईले प्रेमिका ऋचासँग गरे बिहे

काठमाडौं । नेपाल आइडलबाट आफ्नो पहिचान बनाएका गायक निशान भट्टराई बैवाहिक बन्धनमा बाधिएका छन् । आज कृष्णा जन्माष्टमीको अवसर पारेर उनले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी रुपमा विवाह गरेका हुन् ।


निशान र ऋचा काभ्रेस्थित धुलिखेल जिल्ला अदालतसम्म पुगेर विवाह गरेका छन् । उनीहरुको विवाह बार एशोसियनका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता रमेश हुमागाईंले कानुनी रुपमा विवाह गराइदिएका हुन् ।

उनीहरु गत २ वर्ष देखि प्रेम सम्बन्धमा रहेका थिए । ऋचाले निशानको ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर