• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 03:43 am

सौराहाका होटल दुई सातामै बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् । 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए । कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उनको गुनासो छ । उनले भन्नुभयो, “हामीले कति दुःख पाउने कर्मचारी बोलायौँ, खर्च ग¥यौँ, फेरि बन्द गरे ।” रोगको सङ्क्रमणका कारण बन्द गर्नु बाध्यता भए पनि खोल्ने र बन्द गर्ने गर्नुपर्दा नोक्सान बढी भएको उहाँको भनाइ छ । 

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो दशैँअघि होटल खोल्नुको औचित्य नहुने बताउँछन् । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै लामो दूरीका सवारीसाधन बन्द हुँदा होटलमा ग्राहक नआउने उनको भनाइ छ । होटलसँगै रेष्टुराँ पनि बन्द हुन् थालेका छन् । किनेर लैजाने ग्राहक कम हुने भएकाले रेष्टुराँमा ग्राहक नआउने व्यवसायीको भनाइ छ । सौराहामा ११० होटल रहेका छन् । यसैगरी साना ठूला १०० हाराहारी रेष्टुराँ छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

  • ३ असोज, २०७७

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

  • ३ असोज, २०७७

स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • ३ असोज, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा