• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मास्टरका पनि मास्टर अर्थात् 'हेडमास्टर प्रचण्ड' 

एक अज्ञात विद्रोही, असाधारण सपना, संवेग–आवेग र विवेकको पुञ्ज अर्थात् प्रचण्ड । जोसँग उनी सबभन्दा धेरै जुध्छन् उही प्रिय लाग्नु उनको विशेषता हो । धेरैले सक्दैनन्, तर उनी सक्छन् । त्यसकारण उनको छेवैमा ओली छन् र नेकपाको लहरमा प्रचण्डको प्रियता खोज्दा हिजो उनको मूल्यवान टाउको खोज्नेहरु नै आज उनलाई लोकप्रियताको चार्टमा सबभन्दा माथि देख्न चाहन्छन् । मौसम बदलिन्छ यो विज्ञान हो । तर उनका लागि बदलिदैंन । उनी हतारमा छन्, बस ! उकालो लाग्छन, नयाँ किर्तिमानहरु बनाउँदै । राजनीति यही हो । पुरानो पुस्तामा उनको गीत गाउनेहरु थिए र छन् ।

जतिबेला उनका लागि टेक्ने जमिन थिएन् त्यहिबेला उनी नयाँ संसार निमार्ण सम्भव छ भनेर वनवास गएका थिए । वनबाट पलाएका आँकुराहरुले सत्ताको चरित्र र व्यवहारमै एक युगीन परिवर्तन गरिदियो । आज जे छ सबैमा प्रचण्ड पसिना र विवेकको अंश छ । यसकारण नै त नयाँ पुस्ता पनि उनको विस्मयकारी यात्राबाट प्रभावित छ !

दोश्रो पुस्ताका योगेश, घनश्याम वा गगनको दिमाग उनी बुझ्छन र त धेरै ठाउँमा मुर्छित बनेको युवा अभियान प्रचण्डकोमा पुग्दा बैरिन्छ । आजको दिनमा यी युवावयको वंशाणुगत कित्ता प्रचण्ड पक्षीय नभए पनि यो अन्ततः आफ्नै छहारीमा आइपुग्ने कुरामा प्रचण्ड विस्वस्त छन् । उनी छिमेकी नर्सरीको अक्सर ख्याल गर्छन् । 

आजको दिव्य संकटमा भस्मासुरहरु धेरै छन् तर, बाजी कसले मार्छ यो हेर्न बाँकी छ । प्रचण्ड यो पट्टयार लाग्दो नाच हेरेर झ्याउ मान्दैनन् । एक दिन यो नाचका चट्कीहरु थाक्ने र आफ्नै हात आफ्नो शिरमा समेत पुर्याउन नसक्ने बेलामा गर्नु पर्ने हस्तक्षेपका बारेमा प्रचण्ड अनविज्ञ छैनन् । यो यत्न गुटको महासंघले पनि बुझेन भनेर प्रचण्डलाई बिस्मात लाग्दैन ।

यसो गर्दा आफ्नो नर्सरी उजाड बनेछ भने पनि उनलाई कुनै विस्मात हुँदैन किनकी उनी स्वयंको नर्सरीबाट उत्पादित विरुवाले अब कुनै उन्नत नश्लको ऐतिहासिक आवश्यकता पुरा गर्दैन् । बरु यस्ले च्याँखे थापिरहन्छ । लोटाई रहन्छ ! लोट्न नजान्ने मानिसलाई लोटाउन खोज्नेका अनुहार हेरेर उनी मुसुक्क हाँस्छन ।

सम्बन्ध–सन्तुलन र क्रमभंगको विज्ञान आज पनि उनलाई थाह छ, नत्र भारतका कम्युनिष्ट नेता ज्योती बसु बनिन्छ । सम्बन्ध हुँदा सन्तुलन बिर्सिने र सन्तुलनमा रहँदा क्रमभंगमा जान नचाहने कुराले  नयाँ बनाउँदैन । प्रचण्ड नयाँ बनाउछन् । त्यसकारण प्रचण्डको छोरी बोकेको आरोपसहित कांग्रेसको जुङ्गा उखेल्न गएकाहरु नै उनको तम्दानी बोकेर फर्किने कुरा कुनै आश्चर्य भन्दा फरक छैन । यहि त प्रचण्ड हो  । 

कतै नगनिएकाहरु कुनै मोड्मा कार्यकर्ता बन्लान भन्ने गणित धेरैले जान्दैनन् तर, प्रचण्डको मस्तिष्कमा यसको हेक्का सदैव रहन्छ । त्यसकारण त भन्थे योगेश र गगनहरु कुनै दिन मिलिसिया नभनिएको मिलिसिया जस्तै उनको टुकडीका कमाण्डरहरु हुनेछन् । गणतन्त्रको मोर्चाले त्यसलाई सत्य साबित गरेको छ ।  

प्रचण्ड सम्झौतावादी देख्नेहरुले भन्छन उनी लड्दैनन् । पार्टी स्कुलमा नारायणकाजीहरुको नियुक्ति हुन नसक्नु प्रचण्डको कमजोरी छ । तर, प्रचण्ड त्यसो मान्दैनन् । उनी भन्छन्– ‘जो जे मान्दैन त्यो त्यहीको संगत्मा परिरह्यो भने माया पलाउँछ । भलै ईश्वर पोखरेलहरु जनताको जनवादसँग प्रिममा नपर्लान् तर, तिनको प्रहारको गति भने अन्ततः कमजोर हुनेछ । यो चोरलाई चापी बुझाउने विज्ञान हो कुनबेला यसको प्रयोग गर्ने प्रचण्ड राम्रोसँग जानिफकार छन् ।

अहिलेको अन्तर्विरोध हेरेर प्रचण्डको हार्दै गरेको तस्विर बनाउनेहरु प्रशस्त छन् तर, प्रचण्ड बाह्रौ घण्टामा पल्टा खान्छन् र धेरैलाई विस्मय दिन्छन् । अहिले पनि प्रचण्ड तन्काइको अन्तिम विन्दुसम्म विषयलाई थेगीरहेका छन् । राजनीतिमा यो स्टामिना कसैसँग छ भने त्यो प्रचण्डसँग मात्र छ । यसकारण नै त हारेर पनि जितिन्छ । यो माओको ‘हज्जार पटक पछारिएर एक पटक नपछारिने’ गरी उभिनु जस्तै हो । उनी बिगार्दै बनाउँछन् यो एक राजनैतिक मिस्त्रीको कला जस्तै हो जसले उनको इन्जिनको तिक्ष्णतालाई कायम राखिरहन्छ । प्रचण्ड केही छोडेर हिड्छन् सँगै हिड्न सक्दिनँ भनेकालाई राजनीतिमा निरन्तर घचेट्नु पर्ने परिस्थिति सकेसम्म नदोहोरियोस् भन्नेमा उनी सचेत छन् । दिन उनी बलीराजा भन्दा पनि दानि छन् यही कारण पहिल्यै भाग लगाइदिएको प्रधानमन्त्रीको आधा अबधि उनी खुरुक्क छेवैका साथीलाई सुम्पिन्छन् ।

आधामेलो छोडेर प्रचण्ड सराप्दै निस्केकाहरु नै आज सबैभन्दा बढि अवसरको वरीपरी छन् । कुरा नमिल्दा आफ्ना भित्रियाहरुलाई नै उनी चटक्क छोडिदिन्छन् र लोकसेवाको पदपुर्ति जस्तै तत्काल उनले यसको क्षतिपुर्ति लिन्छन् । यसो भए पछि छोडिएकाहरु पनि उनकै लाईनमा पछाडिबाट फेरि पालो कुर्न आइपुग्छन् ।

उधारो–उधारो र फेरि पनि उधारो यसले हाताहाती भन्दा राम्रो काम गर्छ । मात्राले गुणमा परिवर्तन गर्ने विज्ञान उनले अन्तरसंर्घषको यो मोर्चामा फिट गरिदिन्छन् । आज प्रचण्डलाई उधारोमा ढाँटेको भनेर तिघ्रा ठटाएर उत्सव मनाउनेहरुले एक दिन प्रचण्डलाई टुप्पी बुझाउने छन् र भन्ने छन् अरु सबै मिथ्या हुन ।

प्रचण्ड सम्झौतावादी देख्नेहरुले भन्छन उनी लड्दैनन् । पार्टी स्कुलमा नारायणकाजीहरुको नियुक्ति हुन नसक्नु प्रचण्डको कमजोरी छ । तर, प्रचण्ड त्यसो मान्दैनन् । उनी भन्छन्– ‘जो जे मान्दैन त्यो त्यहीको संगत्मा परिरह्यो भने माया पलाउँछ । भलै ईश्वर पोखरेलहरु जनताको जनवादसँग प्रिममा नपर्लान् तर, तिनको प्रहारको गति भने अन्ततः कमजोर हुनेछ । यो चोरलाई चापी बुझाउने विज्ञान हो कुनबेला यसको प्रयोग गर्ने प्रचण्ड राम्रोसँग जानिफकार छन् ।

त्यसो त प्रचण्ड उधारोमा विश्वास राख्दैनन् तर, उधारो–उधारो र फेरि पनि उधारो यसले हाताहाती भन्दा राम्रो काम गर्छ । मात्राले गुणमा परिवर्तन गर्ने विज्ञान उनले अन्तरसंर्घषको यो मोर्चामा फिट गरिदिन्छन् । आज प्रचण्डलाई उधारोमा ढाँटेको भनेर तिघ्रा ठटाएर उत्सव मनाउनेहरुले एक दिन प्रचण्डलाई टुप्पी बुझाउने छन् र भन्ने छन् अरु सबै मिथ्या हुन ।

हकानिएर वा खरिएर  सत्ताको तृष्णा मेटाउँदा हुने  प्रकोपका बारेमा कि तिनीहरुलाई थाह छैन वा तिनीहरुले प्रचण्डलाई बुझेका छैनन् । प्रचण्डलाई थाह छ, पानीमा हुने जलुको पानीले पखालेरै भान्सासम्म पुर्याउन सकिन्छ ।

जो–जो गुुटको कुटाकुटमा छन् तिनको टाउको मितको टाउको बेलैसरी भन्नेहरु उपस्थित भएका दिन तिनको बुद्धि फेरिनेमा प्रचण्ड ढुक्क छन् । पढाउँदा नमान्नेलाई व्यवहारले पनि पढाउन सकिन्छ, यो प्रचण्डलाई थाह छ । त्यसकारण त उनी मास्टरका पनि मास्टर हुन् ।

खेलमा सहभागी भैरहँदा सधै जितिन्छ, त्यस्तो हुँदैन । कमजोर भएकै बेलामा सबैभन्दा कडा मेहनत चाहिन्छ । उनी मेहनत गर्छन् अर्काको पोष्टमा बर्लिनको पर्खाल उभिए पनि उनी हतास हुँदैनन्, बरु आफ्नै पोष्टमा गोल ठोकी दिन्छन् । खेलमा यो आत्मघाती मानिन्छ तर राजनीतिमा यो आत्मघात हुँदैन । इतिहासले खोज्दा गोलकर्ताका रुपमा प्रचण्ड सम्झिने छन् यो कुराले नै मूल अर्थ राख्छ । ठीक मनसाय राखेर गोल जता ठोके पनि मुलुक र आन्दोलनले जितोस् यो नै प्रचण्डले आफ्नो अभिष्ठ बनाउँछन् ।

आजको दिव्य संकटमा भस्मासुरहरु धेरै छन् तर, बाजी कसले मार्छ यो हेर्न बाँकी छ । प्रचण्ड यो पट्टयार लाग्दो नाच हेरेर झ्याउ मान्दैनन् । एक दिन यो नाचका चट्कीहरु थाक्ने र आफ्नै हात आफ्नो शिरमा समेत पुर्याउन नसक्ने बेलामा गर्नु पर्ने हस्तक्षेपका बारेमा प्रचण्ड अनविज्ञ छैनन् । यो यत्न गुटको महासंघले पनि बुझेन भनेर प्रचण्डलाई बिस्मात लाग्दैन ।

जो–जो गुुटको कुटाकुटमा छन् तिनको टाउको मितको टाउको बेलैसरी भन्नेहरु उपस्थित भएका दिन तिनको बुद्धि फेरिनेमा प्रचण्ड ढुक्क छन् । पढाउँदा नमान्नेलाई व्यवहारले पनि पढाउन सकिन्छ, यो प्रचण्डलाई थाह छ । त्यसकारण त उनी मास्टरका पनि मास्टर हुन् ।

नेकपा कता जान्छ यो अँध्यारो गुफामा पसेको रेल जस्तो भएको छ । तर, प्रचण्डका आँखा टल्किदा छन् । मान्छेहरु भन्छन् आँखा टल्किनेहरुले अँध्यारोमा पनि देख्छन् । त्यसो हो भने प्रचण्डले यो जेट वा रेललाई बाहिर निकालेर फेरि प्रतिस्पर्धामा अब्बल सावित गर्नेछन् । केही कम्युनिष्ट पार्टीका गैर कम्युनिष्टहरुलाई लाग्ला यो भगवानको भरोसामा भयो तर, असलियतमा तिनीहरु प्रचण्ड चातुर्यताको कारण सग्लै फर्केका हुनेछन् । 

अहिले हामी नेपालको भूगोल खोज्ने र नेपालमा बाँध्ने चरणमा छाैैं। मान्छेहरु भन्छन्, यो–यो खान नमिल्ने वनारसी लड्डु हो । तर  प्रचण्ड भन्छन्– ‘हामी जित्ने छौं ।’ आज जो नक्साको बद्लामा अवीर र मालाको राज गरिरहेका छन् ती कुनै दिन मुलुकै सुम्पन तयार थिए भन्ने तथ्य धेरै नजिक नभएको होइन । अहिले यो पहलपछि हामीले हाम्रो कुटनैतिक चातुर्याता भने गुमाएका छौं । हामीलाई अहिले टेबुल कुटनीति चाहिएको छ । यसको निर्विकल्प नेता प्रचण्ड हुन । प्रचण्ड जान्दछन् राष्ट्रवादको आधार उत्तेजना र निषेध नभई विवेक संयम र चातुर्यता  हो । प्रचण्ड भन्छन्¬– ‘हामी यो मूल मर्मबाट भड्किनु हुँदैन ।’

त्यसो त प्रचण्ड छेस्को बराबर नभएको मान्नेहरु पनि नभएका होइनन् । तिनलाई आफू फुलेकोमा घमण्ड छ  । तर इतिहासले भन्छ तिनको फुुलाईमा प्रचण्डको यत्न र स्वास छ । जुन दिन प्रचण्डलाई यो कोर्स बदल्न पर्छ भन्ने लाग्ने छ त्यो दिन तिनीहरु रसातलमा पुग्ने छन् ।  

जबसम्म खेलमा प्रचण्ड छन, रुमानी कथा नै सही, त्यो बेलासम्म खेलको मज्जा छ । जति बेलासम्म उनी छन्, कम्युनिष्ट आन्दोलनकोे क्रान्तिकारी धारा बाँकी छ । उनी रहुञ्जेल न मुलुकले हार्छ न कम्युनिष्ट आन्दोलनले । कहिलेकाँही केहीबेर कसैले प्रचण्डलाई आइसोलेशनमा पुर्याए भनेर मजाक नगरे हुन्छ । प्रचण्ड सबै सकिए पछि पलाउन सक्ने राष्ट्रभक्त र क्रान्तिकारी धारको कहिल्यै नसुक्ने नदी हो । जो अझै केही किर्तिमान बनाउँदै बग्नु नै छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर