हुम्लामा १२८ वटै नमूनाको पीसीआर रिपोर्ट नेगेटिभ

हुम्ला। कोरोना सङ्क्रमणको पछिल्लो अवस्था बुझ्नका लागि सङ्कलन गरिएका स्वाबको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ।  

भदौ १ गते जिल्लाका विभिन्न क्षेत्रका १२८ स्वाबको नमूना सङ्कलन गरिएको थियो। ती सबै नमूनाको परीक्षण नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका डा। टसी लामाले बताए। भदौ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको हो। 

पछिल्लो समय देशका विभिन्न क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अनपेक्षितरूपमा बढेपछि बढी जनसम्पर्कमा आउने कार्यालय, वित्तीय संस्था, शैक्षिक संस्था, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको प्रतिनिधित्व हुने गरेर पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो।  

अहिलेसम्म जिल्लामा कोरोना पोजेटिभ नदेखिएको हुम्लामा पछिल्लो समयमा गरिएको पीसीआर परीक्षणले समेत ग्रिनजोनकै रूपमा रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए। 

सिमकोट गाउँपालिका र जिल्ला अस्पताल हुम्लामा मौज्दात रहेको पीसीआर किटका आधारमा गरिएको १२८ जनाको नतिजा नेगेटिभ आउनुले हुम्ला ग्रिनजोनकै रूपमा रहेको बताए।

हवाई तथा स्थलमार्ग भएर जिल्लामा आउने यात्रुलाई सरकारले तोकेको मपदण्ड अनुसार क्वारेन्टाइनमा राखेर आवश्यक सावधानी अपनाएको खण्डमा जिल्लालाई ग्रिनजोनकै रूपमा राख्न सकिने प्रजिअ गिरीको दाबी छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर