कैलालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कैलाली । धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। 

तीन दिनदेखि निसर्ग अस्पतालको आइसीयुमा उपचाररत ति पुरुषको मंगलबार राती मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।  मंगलवार उनलाई कोरोना पुष्टि भएपछि निसर्ग अस्पतालबाट सेती प्रादेशिक अस्पतालमा सारिएको र भेन्टिलेटरमा राखिएको थियो। यो सँगै सुदुरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर