प्रदेश एक सरकारका चार सचिवको सरुवा

विराटनगर  । प्रदेश १ का चार मन्त्रालयका सचिवहरुको सरुवा भएको छ । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवको सरुवा गरेको हो । मन्त्रालयले सहसचिवहरुको सरुवा गर्ने क्रममा प्रदेश १ का मन्त्रालयहरुमा सविचको जिम्मेवारीमा रहनुभएका सचिवहरुको पनि सरुवा भएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मुकुन्द निरौला, आान्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव हरीप्रसाद मैनाली, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव संजीवकुमार राई र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दामोदर रेग्मीको सरुवा गरेको हो । 
प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिनेशकुमार घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा राजेन्द्रकुमार पौडेल, आर्थिक मामिला तथा योजना मन्त्रालयमा उत्तरकुमार खत्री, र  उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा मेघनाथ काफ्ले नयाँ सचिवको रुपमा सरुवा भई आएका छन् । 
प्रदेश १ का मन्त्रालयहरुमा नयाँ सचिवको रुपमा सरुवा भई आउनुभएका घिमिरे र पौडेल यस अघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत थिए। आर्थिक मामिलामा सचिवको रुपमा आउनुभएका खत्री अर्थमन्त्रालयबाट र काफ्ले वन तथा वातावरण मन्त्रालयबाट सरुवाभई आएका हुन् । 

यसैगरी प्रदेश १ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव संजीवकुमार राई वन तथा वातावरण मन्त्रालयमा, आर्थिक मामिलाका सचिव दामोदर रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, आन्तरिक मामिलाका सचिव हरीप्रसाद मैनाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र मुकुन्द निरौला वन तथा वातावरण मन्त्रालयमा सरुवा भई गएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर