• शनिबार ६-३-२०७७/Saturday 09-19-2020/ 11:43 am

दार्चुलामा हत्या आरोपमा दुई जना पक्राउ

दार्चुला । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

मालिकार्जुन गाउँपालिका वडा नं ८ का ३७ वर्षीय लालबहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मालिकार्जुन–८ तस्कोटकै २० वर्षीय शम्शेर धानुक र सोही ठाउँ बस्ने ३५ वर्षीय अजब चन्द रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

यही भदौ ५ गते मदिरा सेवन गरी उनीहरूले लालबहादुरलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । पीडित परिवारले यही भदौ १० गते मदिरा सेवन गरि कुटपिट गरेको भन्दै प्रहरी चौकी शंकरपुरमा निवेदन दिएका थिए ।

घाइते भएका चन्दको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि यही भदौ ११ गते धनगढी रेफर गरिएको थियो ।

चन्दको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शवको पोष्टमार्टम धनगढीमै गरिएको छ । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

  • ३ असोज, २०७७

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

  • ३ असोज, २०७७

स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • ३ असोज, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा