• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बच्चा चोर्ने मनसायले ‘बेबी सावर’को निहुँ पारेर गर्भवती साथीको हत्या, पेट काटेर निकालिन् बच्चा !

घटनामा प्रयोग भएको धारिलो चक्कु । तस्विरः डेली मेल

एजेन्सी । ‘गर्भवती महिलाको हत्या’, यी वाक्य सुन्दा मात्रै पनि आङ सिरिङ्ग भएर आउँन सक्छ । सम्भवतः यो नै अपराधको सबैभन्दा भयानक रुप हुनसक्छ कि एउटी साथीले आफ्नी गर्भवती साथीको हत्या गरी पेट काटेर उनको बच्चा चोर्छिन् । 

घटना ब्राजिलको हो । गत साता एक युवा गर्भवती महिला उनको पेटबाट काटेर निकालिएको बच्चाका साथ मृत फेला परिन् । बच्चा चोर्ने ‘अब्सेसिभ डिस्अर्डर’(असाधारण इच्छा/एक प्रकारको मानसिक असन्तुलन) भएकी एक उनकी साथीले ‘बेबी सावर’ गराउँने निहुँमा उनको हत्या गरेको पाइएको जनाइएको छ । 

डेली मेलको रिपोर्टअनुसार, २४ वर्षीया फ्लाभिया गोडिन्हो मफ्रा नामक ती महिला ३६ हप्ताको गर्भवती थिइन् । उनको दक्षिणी ब्राजिलको सान्टा क्याटरिना राज्यको क्यानेलिन्हा सहरमा हत्या गरिएको छ ।

स्कूल पढ्दाकी एक साथीले बेबी सावरको झुटो समारोह आयोजना गरेर उनलाई इँटाले प्रहार गरेर हत्या गरेको स्विकार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गर्भवती फ्लाभिया र उनका श्रीमान ।

हत्या आरोपी ती महिलाको गत वर्ष गर्भपतन भएपछि आफूमा चोर्ने असाधारण इच्छाबाट ग्रसित रहेको स्विकार गरेको प्रहरीले बताएको छ । २४ वर्षीया फ्लाभियाको धारिलो हतियारले पेट काटिएको र इँटा हानिएका कारण मृत्यु भएको यस मुद्दाको गुप्तचर अधिकारी पाउलो एलेक्जेन्ड्रे फ्रिएस्लेबिन ई सिल्भाले पुष्टि गरेको ब्राजिलको राष्ट्रिय पत्रिका जिवानले जनाएको छ । 

गत शुक्रबार बिहान ९ बजे मात्रै उक्त महिलाको शव उनका श्रीमान र आमाले भेटेका थिए । उनको शवलाई नजिकैको झाडीमा फालिएको थियो भने उनको बच्चा साथमा थिएन । 

आरोपी महिला र उनको श्रीमानले बच्चालाई अस्पताल पुर्याएको केही दिनपछि प्रहरीले पत्ता लगायो र दुवैलाई पक्राउ गर्यो । प्रहरी अनुसन्धान अनुसार, हत्या गरिएकी महिला आरोपी महिलाको स्कूल पढ्दाकी साथी थिइन् ।

आमाको पेट काटेर निकाएको शिशुलाई फ्लोरिन्पोलिस बाल अस्पतालमा राखिएको छ र उनलाई आमाको कोखबाट जबरजस्ती निकालिएका कारण पर्न गएको चोटका लागि उपचार भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

उक्त नाबालिकालाई आमाको मृत्यु भइसकेपछि निकालिएको थियो वा जीवितै रहँदा निकालियो भन्नेबारे अटोस्कोपी परीक्षणले पुष्टि गर्नेछ । शिक्षिका पेशामा आवद्ध फ्लाभियाको क्यानेलिन्हामा अन्तिम संस्कार गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर