सिरहामा मोटरसाइकल दुर्घटना हुँदाँ दुई जनाको मृत्यु

सिरहा । सिरहा-चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका-११ भलुवाहीस्थित सडकमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका-१० का ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका-९ गुलरीया का ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी गम्भीर घाइते पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारको लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए।

सोही दुर्घटनामा परी सिरहा नगरपालिका-९ गुलरीयाका ३५ वर्षीय जितेन्द्र महरा भन्ने शिवकुमार महरा गम्भीर घाइते भएको र उनको भूमिजा अस्पताल लहानमा उपचार भइरहेको प्रहरी प्रवक्ता घिमिरेले बताए। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर