• मंगलबार ६-६-२०७७/Tuesday 09-22-2020/ 10:25 pm

तीन लाखसहित १२ जना जुवाडे पक्राउ

मोरङ। मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार गिरी नेतृत्वको टोलीले कानेपोखरी–७ स्थित चालिसे बिघे भन्ने स्थानबाट नगद रु दुई लाख ८९ हजार ५३१ र चार बुक ताससहित १२ जना जुवाडेलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

पक्राउपर्नेमा मोरङ बेलबारी नगरपालिका–१ का ३६ वर्षीय विमल गुरुङ, वडा नं ३ का ३७ वर्षीय कृष्ण लिम्बु, वडा नं ११ का २८ वर्षीय श्याम लिम्बू, सोही स्थानका ५२ वर्षीय चन्द्र लिम्बू, मोरङको लेटाङ नगरपालिका–५ का ३१ वर्षीय समीर तामाङ, झापा विर्तामोड  नगरपालिका–३ का लक्ष्मीकुमार तामाङ र वडा नं ५ का २७ वर्षीय सञ्चित घतानी रहेका छन् ।
    
त्यस्तै झापा हल्दिबारी गाउँपालिका–५ का ३६ वर्षीय ताराकुमार जोगी, झापा बुद्धशान्ती गाउँपालिका–४ का ३८ वर्षीय मनिष लिम्बू, सुनसरी धरान–१६ का ३९ वर्षीय रुपजङ्ग लिम्बू, वडा–३ का २९ वर्षीय किरण उदास र इटहरी–२० का २४ वर्षीय राजन पौडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पेरिसडाँडाबाट यसरी पक्राउ परिन 'बालिका'

  • ४ असोज, २०७७

काठमाडौं । केही समयअघि आफूलाई प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको श्रीमती बताउने गरेकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा

जन्मेदेखि मृत्युसम्मको संस्कार एउटै थलोमा

  • ३ असोज, २०७७

दमौली ।  गुरुङ जातिको संस्कृति अध्ययन अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित तमुसार क्होवेमा गुरुङ

आज विश्वकर्मा दिवस : धातु तथा धातुजन्य सामग्रीको विशेष पूजाआजा गरी मनाइँदै

  • १ असोज, २०७७

काठमाडौँ  । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा